काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा एमाले पराजित भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनाल विजयी भएका छन्। खनालले २ हजार ४२८ मतका साथ विजय हासिल गर्दा एमालेका भक्ति प्रसाद गौतमले २ हजार १०१ मत पाए ।
सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ । निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका भाइ हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।