आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका भक्तपुर जिल्ला सभापतिलाई पितृशोक, कांग्रेसद्धारा दुख व्यक्त

कांग्रेसका भक्तपुर जिल्ला सभापतिलाई पितृशोक, कांग्रेसद्धारा दुख व्यक्त

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 9.7K
    SHARES

  • कांग्रेसका भक्तपुर जिल्ला सभापतिलाई पितृशोक, कांग्रेसद्धारा दुख व्यक्त

    काठमाडौं - नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ। थापाका ७९वर्षीय पिता रामबहादुर थापाको आज मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गरी थापाको निधनले कांग्रेसलाई अपुरणीय क्षती पुगेको उल्लेख गरेका छन्।

    ‘स्वर्गीय थापाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ शोक विज्ञप्तीमा भनिएको छ । स्वर्गीय थापाको श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

    ‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend