काठमाडौं - पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको टसल गृहमन्त्री रामबहादुर थापा बादललाई भारी पर्ने देखिएको छ ।
पछिल्लो समय पार्टीमा दुई अध्यक्षबीच विवाद हुँदा बादलले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्दै आएका थिए । जुन कुराले प्रचण्ड असन्तुष्ट थिए । आफ्नो क्याम्प चेन्ज गरेर बादल ओली गुटमा लागेका थिए ।
सचिवालय बैठकमा पनि गृहमन्त्री बादलले ओलीलाई सहयोग गरेका थिए । नेकपामा मन्त्रिपरिषदु पुनर्गठनको अनौपचारिक छलफल सुरु भएको छ ।
सबै मन्त्री फेर्ने कि केहीलाई मात्र हटाउने भन्ने विषयमा छलफल भए पनि सहमति जुटिसकेको छैन । मन्त्रीको सेट नै परिवर्तन गर्ने हल्ला सुरु भएपछि सबैभन्दा नैतिक संकटमा गृहमन्त्री रामबहादुर थापा बादल परेका हुन् ।
प्रचण्ड र माधवकुमार नेपाल समूह धेरै मन्त्री हटाउने पक्षमा छन् । यदि त्यसो भएमा गृहमन्त्री बादलको पद धरापमा पर्ने निश्चित छ । त्यसैले आफ्नो पद जोगाइदिन भन्दै गृहमन्त्री बादल प्रचण्डलाई भेट्न सोमबार बिहान खुमलटार पुगेका थिए ।
प्रचण्डसँगको भेटपछि बादल आशावादी भएर फर्किएको स्रोतले बतायो । तर, बजारमा नयाँ गृहमन्त्रीमा वामदेव गौतम, भीम रावल, जनार्दन शर्माको चर्चा चलेकाले नेकपामा भित्रभित्र अर्कै खिचडी पाकिसकेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।