आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

जनता सरकार खोज्दै, सरकार भिटेन खोज्दै

जनता सरकार खोज्दै, सरकार भिटेन खोज्दै

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 10.7K
    SHARES

  • जनता सरकार खोज्दै, सरकार भिटेन खोज्दै

    काठमाडौं - यतिबेला नेपाल प्रहरी र्यापर भिटेनको खोजीमा छन् । उनको पछिल्लो ट्रेन्डिङ गीत ‘के पारा हो’ मा प्रयुक्त भएका शब्दलाई लिएर नेपाल प्रहरीले भिटेनलाई पक्राउ गर्न खोजी गरेको हो ।

    गायक भिटेन यसअघि पनि आफ्नो गीतकै कारण प्रहरी नियन्त्रणमा पुगिसकेका छन् । त्यसबेला उनले आफ्नो गीतमा प्रयुक्त शब्द र दृश्य हटाएर उम्किएका थिए । यसपटक भने मामिला अलि गम्भीर छ ।

    प्रहरी भनेको सरकारकै एक अंग हो । त्यही प्रहरी हत्या गरिएका नेपाली जनताको अभियुक्तलाई कारबाही गर्न चाहँदैन । तर, गायकले के शब्द राख्यो, के दृश्य राख्यो भनेर खोजेर हिँड्छ ।

    गायक भिटेनलाई कारबाही गर्न भन्दै नेपाल प्रहरीले खोजी गरेपछि अहिले सामाजिक सञ्जालमा सरकारको खोजी हुन थालेको छ । अधिकांश प्रयोगकर्ताले हराएको सरकार भिटेन खोज्न भेटियो भन्दै आलोचना गर्न थालेका छन् ।

    त्यति मात्र होइन, कोरोना भाइरस नियन्त्रण, विरामीको उपचार तथा प्रभावित जनतालाई राहत दिन नसकेको सरकार भिटेन खोज्न हिँडेको भन्दै कडा रुपमा विरोध भइरहेको छ । लामो समयदेखि सरकारको अस्तित्व नेपालमा देखिएको छैन ।

    रामभरोसामा देश चलिरहेको प्रतीत हुन्छ । सरकारका कुनै पनि प्रतिनिधिले कोरोना रोकथाम गर्न यो यो कार्य गरियो, हत्या हिंसा रोक्न सरकारले चालेको कदम तथा प्रभावित जनतालाई राहत प्रदान गर्न यो यो कार्यक्रम ल्याउन लागिएको छ भनेर जनतासामु भन्न सकेका छैनन् ।

    त्यसैले जनताले सरकारको खोजी गरेका हुन् । प्रधानमन्त्रीको कुर्सीमा बसेका केपी ओली भने पार्टीको आन्तरिक किचलो सल्टाउनै व्यस्त छन् । उनले जनताको दुःख र कष्टलाई पूरै नजरअन्दाज गरेको देखिएको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल त झन्डै एक महिनायता बेपत्ता जस्तै छन् । तर, उनी मातहतको प्रहरी भने शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि गायकको पछि लागेर हिँडेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १८ २०७७०४:५४:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend