आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गृहमन्त्री बादलकै कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, यसरी परे ओली र प्रचण्डको तानातानमा

गृहमन्त्री बादलकै कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, यसरी परे ओली र प्रचण्डको तानातानमा

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 7.3K
    SHARES

  • गृहमन्त्री बादलकै कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, यसरी परे ओली र प्रचण्डको तानातानमा

    काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै गएको छ ।

    ओली र प्रचण्डबीच दिनहुँजसो मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्केको छैन । खासगरी गृहमन्त्री रामबहादुर थापा बादलकै कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको नेकपा नेताहरू बताउँछन् ।

    नेकपाका अध्यक्षद्वयमध्ये ओली बादललाई गृहमन्त्रीमा यथावत् नै राख्न चाहिरहेका छन् । तर, प्रचण्डले कुनै पनि हालतमा उनलाई अर्कै मन्त्रालयमा लैजान वा हटाउन दबाब दिइरहेका छन् ।

    सोही कारण केही दिनयता ओली र बादलबीच भेटघाट तीव्र चलिरहेको छ । प्रधानमन्त्री ओलीले सचिवालय सदस्यसमेत रहेका अहिलेका दुई मन्त्रीहरु उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री बादललाई सरकारमा राखिरहन चाहेपछि उनीहरु पुनर्गठित मन्त्रिमण्डलमा डेन्जर जोनबाट सेभ जोनमा परेका छन् ।

    तर, अहिले नै यही हुन्छ भन्ने स्थिति छैन । ओलीले पोखरेललाई रक्षाबाट अन्यत्र सार्ने र राख्ने बादललाई गृहमै यथावत राख्ने तयारी गरेका छन् । प्रचण्डले भने पोखरेललाई पनि बिदा दिनुपर्ने सर्त अघि सारेका छन् ।

    महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्माका बीचमा गृह र अर्थ दुई नेतामा आपसी सहमतिमा लिने गरी दुवै अध्यक्षलाई दबाब बढाउने रणनीतिमा लागेका देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend