काठमाडौँ- गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेका थापाका स्वकीय सचिवको गाडीले स्कूटरलाई ठक्कर दिएको छ ।
सिंहदरबार प्रवेश गर्ने क्रममा २ जना सवार स्कूटरलाई ठक्कर दिएको बताइएको छ । मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको थियो। सोही क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको बताइएको छ।
प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार बा ९४ प १०२५ स्कुटरमा नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा थिए।
उनीहरू दुबै जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको बताए। स्कूटरमा सवार दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।