काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरू भएको छ । सुरूवाती १०० मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।
प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन् । उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन् । उनको २२ भोट आएको छ ।
एमालेका केशव स्थापितलाई अहिलेसम्म १ भोट मात्रै प्राप्त भएको छ । काठमाडौं–८ पशुपति क्षेत्रमा पर्छ ।
यो वडा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । समग्र मतपरिणाममा भने बालेन अन्य उम्मेदवारहरूभन्दा धेरै अगाडि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।