आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेन चस्मा क्रेज, काठमाडौंमा एकैदिन बिक्यो १० हजार पिस

बालेन चस्मा क्रेज, काठमाडौंमा एकैदिन बिक्यो १० हजार पिस

  • मिडिया डबली
  • बिहिवार, जेठ ५ २०७९

  • 6.2K
    SHARES

  • बालेन चस्मा क्रेज, काठमाडौंमा एकैदिन बिक्यो १० हजार पिस

    काठमाडौं - यतिबेला काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।

    अहिलेकै ट्रेन्डमा मत आयो भने बालेनले मेयरमा चुनाव जित्ने प्रक्षेपण गरिएको छ । जसकारण जताततै बालेन साहको चर्चा परिचर्चा भइरहेको छ ।

    काठमाडौंमा मात्र होइन, देशका मुख्य सहरमा पनि बालेज क्रेज छ । उनले लगाएको चस्मा, कोट र हेयर स्टाइलको अहिले धेरै युवाले फलो गरिरहेका छन् ।

    कति भने बालेन चस्मा अहिले भाइरल बनेको छ । काठमाडौंका बजारमा अहिले बालेन चस्माको माग अत्यधिक छ।

    थुप्रै चस्मा कम्पनीले अहिले बालेन चस्माको ट्रेन्ड फलो गरेर बजारमा ल्याएका छन् । उनलीहरूले ५० प्रतिशतसम्म छुट दिएर बालेन चस्मा बिक्री गरिरहेको छ ।

    बालेनले लगाएको चस्माको डिमान्ड एक्कासि बढेपछि बुधबार काठमाडौंको बजारमा चस्मा पसलेहरुलाई चस्मा बेच्न भ्याइनभ्याइ थियो ।

    व्यवसायीहरूले बुधबार एकैदिन १० हजार पिस बालेनले लगाउने खालको चस्मा बिक्री भएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend