काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले लगाएको चस्मा भाइरल भएको छ।
महानगरको मेयरमा बालेनले निरन्तर अग्रता बनाइरहेको अवस्थामा उनको चस्मा भाइरल भएको हो।
अहिले अनलाइनकम्पनीहरुले ‘बालेन दाईको चस्मा’ नाम दिएर चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् ।
बालेनले लगाउने चस्माको बजारमा पनि उच्च माग रहेको बताइन्छ । चर्चित इकमर्श कम्पनी ग्यापू मार्केट प्लेसले पनि बालेनले लगाउने चस्मालाई बालेन दाइको चस्मा नाम दिएर विक्रीका लागि समाजिक सञ्चारमा राखेको छ ।
ग्यापूले यो चस्माको मूल्य ८९९ तोकेको छ । बजारमा यो चस्माको मूल्य ९ सयदेखि माथि रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।