इलाम - इलाममा ३० वर्षपछि नेपाली कांग्रेसले लालकिल्ला तोडेको छ । इलाम नगरपालिकामा प्रमुखमा कांग्रेसका केदार थापाले सानदार मतसहित विजय हासिल गरेका छन् ।
उनले १३ हजार एक सय १५ मत प्राप्त गरे । मेयरमा निकटतम प्रतिद्वन्द्वी एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् ।
उनले १३ हजार पाँच सय ४२ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् । २०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले आफ्नो विरासत फर्काएको हो ।
१२ वटा वडा रहेको इलाममा नौ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीनवटामा एमाले विजयी भएको छ । झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङको गृहजिल्ला इलाम सधैं लालकिल्लाको रूपमा परिचित छ ।
तर यसपटक कांग्रेस इलामका सभापति डम्बर खड्काले कम्युनिस्टको वर्चस्व तोड्न पार्टीको संगठन बलियो मात्र बनाएका छैनन्, विस्तार पनि गरेका छन् ।
समाजसेवीको परिचयसमेत बनाएका खड्का अहिले इलाम कांग्रेसमा भरोसायोग्य नेता बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।