आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं मेयर सिफारिसमा प्रकाशमान सिंह हाबी, तीर्थराम डंगोल छुटे

काठमाडौं मेयर सिफारिसमा प्रकाशमान सिंह हाबी, तीर्थराम डंगोल छुटे

  • मिडिया डबली
  • बिहिवार, बैशाख ८ २०७९

  • 5.7K
    SHARES

  • काठमाडौं मेयर सिफारिसमा प्रकाशमान सिंह हाबी, तीर्थराम डंगोल छुटे

    काठमाडौ - नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो।

    सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ। तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ।

    समितिले एक नम्बरमा वडाध्यक्षसमेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपमेयर खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौं नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ । तर, काठमाडौं मेयरका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन ।

    पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन पक्षका नेता हुन् । सोही कारण महानगर समिति सभापति शाक्यले उनको नाम सिफारिसमा नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।

    सिफारिस भएका रञ्जितबाहेक चारैजना प्रकाशमान सिंह निकट नेता हुन् । कांग्रेसबाट काठमाडौं मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।

    १.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १८ २०७८११:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend