काठमाडौँ- एनएमबि बैंक लिमिटेडले २०७८ चैत्र २३ गते बुधबारको दिन अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गरेका हुन् ।
बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रिय गर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्त हुने जानकारी गराएको छ ।
यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । ए
नएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।