आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 3.5K
    SHARES

  • एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित


    काठमाडौँ- एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।

    बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको हो। 

    बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरुलाईसहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससंग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ  ।

    कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानहरुको जिवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाईएको छ ।

    चिनी उद्योगहरुमा उखुको माग हुंदा हुदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि  आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् । 

    एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २४ २०७८०६:०३:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend