काठमाडौं - नेपाली कांग्रेसले चैत २२ गतेसम्म सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवारको नाम सिफारिस गरेर पठाउन सर्कुलर गरेको थियो । जसअनुसार ७७ रै जिल्लामा सम्भावित उम्मेदवारको नाम सिफारिस भइसकेको छ।
तर, केन्द्रले तत्काल नपठाउन र सार्वजनिक नगर्न निर्देशन दिएकाले अहिलेलाई थाती राखिएको छ । यसैक्रममा नेपाली कांग्रेस इलामले जिल्लाका ८१ वटै वडामा सर्वसम्मत वडाध्यक्षसहित वडा सदस्यहरूको नाममा सहमति जुटाउने गरी अघि बढेको छ ।
कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले हालसम्म ५० प्रतिशत वडामा सर्वसम्मत वडाध्यक्षको नाममा सहमति जुटाएको र एक दुई दिनभित्रै सबै वडामा सर्वसम्मत नाम जुटाएर केन्द्रमा पठाउने जानकारी दिए ।
‘आगामी स्थानीय तहमा इलाम जिल्लामा कांग्रेसले सर्वसम्मत रूपमा स्थानीय तहमा उम्मेदवार बन्नेको नाममा सर्वसम्मत सहमति गरेर इतिहास राख्नेछ,’ खड्काले भने ।
यसपटक इलाममा स्थानीय तहको निर्वाचन मात्र होइन, प्रदेश र संघीय निर्वाचनमा पनि नेपाली कांग्रेसले प्रभावशाली जित दर्ता गर्ने स्थिति देखिएको छ ।
सभापति खड्काको समाजसेवा र विकास दत्तचित्त भएर लाग्ने खुबीको देशभर प्रशंसा भइरहेको छ । त्यसैले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि खड्काले इलाम छाडेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।