नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काले कांग्रेस एक ढिक्का रहेको बताएका छन् ।
इलाम सदरमुकाममा सोमबार नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै इलाम कांग्रेस भित्र कुनै बिबाद नरहेको जानकारी दिएका हुन्।
बाहिर बजारमा कांग्रेस इलाम भित्र चर्को बिबाद छ भन्ने भ्रम फैलाईएको छ तर त्यो सत्य नभएको उनले बताए । सभापति खड्काले आन्तरिक लडाईका बेला गुट उपगुट जस्तो देखिएपनी अहिले त्यो नरहेको प्रस्ट पारेका हुन्।
इलाममा नेपाली कांग्रेस एकजुट भएको भन्दै सभापति खड्काले झुटको खेति गर्ने कम्युनिस्टको दिनगन्ती सुरु भएको बताएका छन् ।
खड्काले नजिकिदो स्थानियतहको निर्वाचनमा जुट्न सबै नेता तथा कर्याकर्तालाई आग्रह समेत गरे । देश निर्माण गर्न र लोकतान्त्रिक ब्यवस्थालाई सुद्धढ गर्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसको काधमा रहेको उल्लेख गदै उनले उक्त जिम्मेवारी पुरा गर्न प्रतिवद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।
उनले एक प्रसङमा अमेरीकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसर्न एमसीसीै रास्ट्रघाती नभएको बताउदै यसमा अन्य पाटिले नभएको कुरालाई लिएर अफवाह फैलाएकाले त्यस्लाई चिर्नुपर्ने कांग्रेसको जिम्मेवारी रहेको बताएका हुन्।
सदरमुकाम स्थित जिल्ला समन्वय समितिको हलमा आयोजित भेटघाट कार्यक्रममा पार्टीका पुर्ब सभापतिद्वय हिमालय कर्मचार्य, केशव थापा साथै जिल्ला उपसभापति खगेन्द्र देवान र बिष्णु लिम्बुले समेत मन्तव्य राखेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।