सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २५ २०७८

  • 3.9K
    SHARES

  • एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

    काठमाडौं - चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको स्रोतले बताएको छ । नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो ।

    एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।

    एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाइरहेका बेला चीनले ‘धम्कीपूर्ण कूटनीति’ भन्दै सार्वजनिक प्रतिक्रिया जनाएको थियो ।

    एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो । चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए ।

    नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो । तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया पनि दिएको थियो ।

    चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ ।

    त्यस्तै २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १३ २०७८११:२१:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend