इलाम - नेपाली कांग्रेसका इलाम सभापति तथा समाजसेबी युबा नेता डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा हुन रोकिने जानकारी दिएका छन्।
बिहीवार इलाम सदरमुकामको इलाम नगरपालिकामा नगर स्तरिय क्षेत्रीय प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा हुन रोकिने जानकारी दिएका हुन ।
आफु इलाम सभापति निर्वाचित भएको छोटो समयमा नैअन्य पार्टी पारीत्याग गरी नेपाली कांग्रेसमा १० हजार जनालाई प्रबेश गराईसकेको जानकारी दिए।
याे अभियान निरन्तर जारी राख्न कांग्रेसका सबै नेता कार्यकर्ता एक जुट भएर लाग्नु पर्ने उनको भनाइ छ । अब निर्वाचन नजिकिदो रहेकाले हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नु पर्ने दिन आएको बताएका छन्।
खड्काले आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता जनाए । २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।
उनले भने, ‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०७९ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ। नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं।’
कांग्रेसले बहुमतको उपयोग कसरी गर्नेसमेत सिकाउने बताए। उनले भने,पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ सिंगो कांग्रेस बनाएर चलाउँछौं। पार्टीको झगडाले जिल्लामा अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको जानकारी दिएका छन्।
फरक प्रसङमा नेता खड्काले ३ सय ६५ दिनमा ३ सय ६४ दिन कांग्रेसहुने तर एक दिन निर्वाचनमा अर्कैलाई मतदान गरि कांग्रेसलाई पराजय गराउनेलाई यस पटक नछाड्ने चेतावनी समेत दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।