इलाम - इलामको क्षेत्र नं २ अन्तर्गत चुलाचुली गाँउपालीका वडा नं १ मा ५० घर १५० बढी कांग्रेसमा प्रबेश गरेका छन् ।
उनिहरु बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति युवा नेता डम्बर खड्काले भब्य स्वागत गरेका छन् ।
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा अमृता शेर्मा, चन्द्र प्रकाश दाहाल, मन कुमार धिमाल, रोशन राइ दिपक राया, निशान गजमेर , अरुण योङहा, इशा योङहाङ,दुर्गा मिश्र राजु थामसुहाङ, डिक बहादुर लिम्बु , गजिन फागो, संजय श्रेष्ठ रुद्र बिष्ट, राजु खालिङ प्रविन पाख्रिङ, यज्ञ प्रसाद काफ्ले, मन बहादुर थुलुङ राई, केशव आचार्य, इन्दिरा राई, लक्ष्मी राई, दिपा फागो, देउमान लावती, नर बहादुर कुलुङ, लक्ष्मण तामाङ, रमिला पाठक लगायत रहेका छन् ।
नव प्रवेशी हरुलाई सम्बोधन गर्दै सभापति खड्काले प्रजातन्त्र र बिकासको पहरेदार काँग्रेस मात्र भएको भन्दै उनले नेपाली जनताले दिएको दुई तिहाइ मतको समेत बेवास्ता गर्ने पाटीलाई अब नेपाली जनताले चिन्नु पर्ने दिन आएको बताए ।
उनले काँग्रेस पाटी मात्र नेपाली जनताको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने भएकोले सम्पूर्ण जनताले यहि पाटी रोज्नुको बिकल्प समेत रहेको बताए । फरक प्रसंगमा सभापति खडकाले २७ बर्ष यस क्षेत्रबाट बिजयी भइ देशको उच्च आहोदामा बस्ने कम्युनिष्ट नेतृत्वले जनताको लागी केहि गर्न नसकेको शिक्षा स्वास्थ्य रोजगार र सडकको बिकाशमा ध्यान नपुर्याएको हुँदाम आगामी दिनमा यस्तो जनतालाई ढाँटने नेतृत्वबाट जनता सजग हुनु पर्ने जानकारी दिएका छन् ।
वडा सभापति मोति फागोको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्का महासमिति सदस्य श्याम खड्की, महाधिवेन प्रतिनिधि शान्तिकला तामाङ, जिल्ला सदस्य राजेन्द्र शर्मा, गणेश फागो, बिना बस्नेत गाउकार्यसमिति सभापति राजेन्द्र केरुङ, पुर्व जिल्ला सदस्य सुवास आङथोपो, प्रदेश ख का उपसभापति पदम एवम् प्रदेश सदस्य याङ डोल्मा फागो, पुर्व चुलाचुली सचिव त्रिलोचन गौतम लगायको उपस्थिीती रहेको थियो ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।