आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाकै लाइनमा मन्त्री रामकुमारी झाँक्री, एकीकृत समाजवादीमा बबण्डर !

देउवाकै लाइनमा मन्त्री रामकुमारी झाँक्री, एकीकृत समाजवादीमा बबण्डर !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ७ २०७८

  • 7.1K
    SHARES

  • देउवाकै लाइनमा मन्त्री रामकुमारी झाँक्री, एकीकृत समाजवादीमा बबण्डर !

    काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवाको लाइनमा उभिएकी छन् ।

    अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गर्नुंपर्छ भन्ने प्रधानमन्त्री देउवाको पक्षमा आफू रहेको उनको भनाइ छ ।

    मन्त्रिपरिषद्‌मा रहँदासम्म प्रधानमन्त्रीको धारणा नै आफ्नो पनि हुने उनको तर्क छ । शुक्रबार संसद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषद्को सदस्य रहँदासम्म एमसीसीलगायत अन्य विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएर एकीकृत समाजवादीका नेताहरूको गालामा थप्पड हानेकी छन् ।

    सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल एमसिसी खारेज गर्नुपर्ने पक्षमा छन् । ‘म मन्त्रिपरिषद्को सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणाभन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन’, उनले भनिन् ‘जतिबेलासम्म म यो मन्त्रिपरिषद्को सदस्य हुन्छु मेरो यही धारणा हो।’

    उनले नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न एमसिसी ल्याइएको भन्दै राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् । शनिबार बस्ने एकीकृत समाजवादीको बैठकले पार्टी सरकारमा रहने नरहने भन्ने निर्णय गर्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend