इलाम - किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा लारुम्बामा आयोजित पवित्राहाङ्मा महिला फुटबल कपको उपाधि एएफसी माङ्सेबुङले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा माङ्सेबुङ गाउँपालिकालाई ४–२ गोलअन्तरले पराजित गर्दै एएफसी माङ्सेबुङले उपाधि जितेको हो । फुटबल कपका विजेता र उपविजेतालाई कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
महिला फुटबल कपका विजेतालाई एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ६६ हजार ६६६ रुपैयाँ पाएका छन् । फुटबल प्रतियोगिता नौ दिनसम्म चलेको थियो । प्रथम पुरस्कारको प्रायोजन खड्काले नै गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।