आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

किराँत धर्मगुरु र आमालाई कांग्रेस इलामको अभिनन्दन

किराँत धर्मगुरु र आमालाई कांग्रेस इलामको अभिनन्दन

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ४ २०७८

  • 6.4K
    SHARES

  • किराँत धर्मगुरु र आमालाई कांग्रेस इलामको अभिनन्दन

    इलाम - नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र आमालाई अभिनन्दन गरेको छ ।

    मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा आयोजित भव्य कार्यक्रममा कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरेका हुन् ।

    किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा लारुम्बास्थित किराँत धार्मिकस्थलमा कांग्रेसले अभिनन्दन गरेको हो ।

    विश्व शान्ति, मानव एकता, समग्र प्राणीको रक्षार्थ तथा किराँत धर्म, संस्कृति, भाषा, लिपि र साहित्यमा पुर्याएको योगदानका लागि धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको कांग्रेस इलामका सभापति खड्काले बताए ।

    उनले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

    किराँत धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गर्न पाउँदा आफूलाई निकै गर्व महसुस भएको पनि बताए ।

    सो अवसरमा धर्मगुरु आत्मानन्द सेइङले पवित्राहाङ्मा लिङ्देनको जन्मोत्सवमा कांग्रेस इलामले अभिनन्दन गरेकोमा निकै खुसी लागेको बताउँदै धन्यवादसमेत दिए ।

    किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा दुःख व्यक्त गरे ।

    धर्मगुरु आत्मानन्द सेइङले कांग्रेस सभापति खड्का समाजसेवी पनि भएकाले आगामी दिनमा उनले माङ्सेबुङ गाउँपालिकाको सडक, विद्युत, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षामा विकास गर्ने अपेक्षासमेत गरे ।

    उनले माङ्सेबुङ गाउँपालिका मात्र नभई समग्र इलामको विकास गर्नुपर्ने उल्लेख गरे । इलाम पूर्वको ऐतिहासिक देवभूमि भएकाले यहीँबाटै विकासको श्रीविन्दु गर्नुपर्ने बताउँदै राजनीतिक दलले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend