सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय सेनाद्वारा कुपवाडामा हिमपहिरोमा फसेका ३० नागरिकको उद्धार

भारतीय सेनाद्वारा कुपवाडामा हिमपहिरोमा फसेका ३० नागरिकको उद्धार

  • मिडिया डबली
  • मंगलवार, माघ १८ २०७८

  • 3.0K
    SHARES

  • भारतीय सेनाद्वारा कुपवाडामा हिमपहिरोमा फसेका ३० नागरिकको उद्धार
    फाइल तस्बिर

    नयाँ दिल्ली - भारतीय सेनाले मंगलबार सीमावर्ती जिल्ला कुपवाडामा भर्खरैको हिमपातले गर्दा हिमपहिरोमा फसेका ३० नागरिकहरूलाई उद्धार गरेको अधिकारीहरूले जानकारी दिएका छन्। 

    काश्मिरको माथिल्लो भागमा सोमबार ताजा पश्चिमी विक्षोभले प्रभावित क्षेत्रमा हिमपात भएको थियो। मंगलबार पनि मौसम बदली रहेको र बुधबार पनि हिमपात हुने अनुमान गरिएको छ।

    श्रीनगरको रक्षा विभागका पीआरओ कर्नल इम्रोन मुसावीले ताजा हिमपात र दुईवटा हिमपहिरोको बीचमा सेना र जनरल रिजर्भ इन्जिनियरिङ फोर्सले १७ जनवरीको राती चौकीबल टांगधार सडकमा फसेका नागरिकहरूलाई उद्धार गरेको थियो। 

    ‘राष्ट्रिय राजमार्ग ७०१ को खुनी नाला र एसएम हिल नजिकै सर्वसाधारण नागरिक अलपत्र परेको सूचना एनसीमा पुगेपछि दुईवटा उद्धार टोली आफ्नो सवारीसाधनमा फसेका सर्वसाधारणको उद्दारका लागि परिचालन गरिएको थियो। उद्धार समूहमा सेनाको हिमपहिरो उद्धार टोली र ग्रिफको टोली समावेश थियो।

    मुसावीले प्रतिकूल मौसमी अवस्थाका बावजुद दुईवटा हिमपहिरोको कारणले गर्दा १४ जना सर्वसाधारणलाई निलम र १६ जनालाई एनसीमा ल्याइएको जानकारी दिए। उद्धार गरिएका सबै नागरिकहरूलाई खाना, स्वास्थ्य हेरचाह र रातको लागि बास उपलब्ध गराइएको उनले बताए। 

    सडकबाट हिउँ हटाएर मंगलबार १२ वटा गाडी फिर्ता लिएको पनि सेनाले जनाएको छ। खतरनाक परिस्थितिको बीचमा हिउँ सफा गर्न गाह्रो भए पनि अतूलनीय  भूमिका खेलेको भन्दै भारतीय सेनाको प्रशंसा भइरहेको छ।

    गत वर्ष पनि खुनी नाला नजिकै हिमपहिरो गएपछि फसेका मानिसको उद्धार गरिएको थियो । अझै वर्षा, हिमपातको अनुमान गरिएको छ। मंगलबार उपत्यकामा बादल लागेको हुँदा बुधबार थप वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको श्रीनगर कार्यालयले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ६ २०७९०३:००:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend