सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय महावाणिज्य दूतावासको ब्याडमिन्टन प्रतियोगितामा सहायक सिडिओ र प्रहरी टोली विजयी

भारतीय महावाणिज्य दूतावासको ब्याडमिन्टन प्रतियोगितामा सहायक सिडिओ र प्रहरी टोली विजयी

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 2.7K
    SHARES

  • भारतीय महावाणिज्य दूतावासको ब्याडमिन्टन प्रतियोगितामा सहायक सिडिओ र प्रहरी टोली विजयी

    वीरगन्ज - वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सहायक सिडिओ र प्रहरी टोली विजयी भएको छ ।

    अमृत महोत्सवको अवसर र वीरगन्जका सरकारी अधिकारीहरू र महावाणिज्य दूतावासबीच सुमधुर सम्बन्ध बढाउन दूतावासले शनिबार प्रतियोगिता आयोजना गरेको थियो ।

    प्रतियोगितामा सहायक सीडीओ र नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित टोली विजेता घोषित भएको दूतावासले जनाएको छ । प्रमुख जिल्ला अधिकारी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित टोली उपविजेता घोषित भएका छन् ।

    प्रतियोगितामा महावाणिज्य दूतावास, जिल्ला प्रशासन कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय वीरगन्ज, जिल्ला सशस्त्र प्रहरी कार्यालय वीरगन्ज, क्षेत्रीय कारागार कार्यालय वीरगन्ज र नेपाल राष्ट्र बैंक वीरगन्जका पदाधिकारी सम्मिलित पाँच डबल्स टोलीले सहभागिता जनाएका थिए ।

    प्रतियोगितामा वाणिज्य दूतावासका पदाधिकारी, कर्मचारी र सहभागी संघसंस्थाको ठूलो संख्यामा दर्शकको रूपमा उपस्थिति थियो । विजेता र सहभागी टोलीलाई महावाणिज्यदूत नितेशकुमारले ट्रफी वितरण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ६ २०७९०३:००:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend