काठमाडौं - राष्ट्रिय सभाको निर्वाचनमा एमाले झन्डै पत्तासाफ भएको थियो । तर, सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले एमालेको दम्भ र अहंकार जोगाइदिए ।
यदि गठबन्धनमा तलवितल नपरेको भए जसपाका उम्मेदवारले जित्ने थिए । एमाले शून्य नै हुन्थ्यो । तर, पनि एमाले नेताहरूमा अहिले पनि बहुमत ल्याउने दम्भ टुटेको छैन ।
अघिल्लो निर्वाचनमा पनि वाम एकता हुन्छ भनेर निर्वाचनमा नगएको भए एमालेको दम्भको बेलुन यसरी फुल्ने थिएन । अहिले एमालेमा दम्भ जसरी बढेको छ, त्यो अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँग भएको गठबन्धन नै थियो ।
बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । यदि आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गए भने पनि गठबन्धनले यसरी नै जित्ने हो, एमाले झन्डै झन्डै बिलाउने निश्चित छ ।
तर, राष्ट्रिय सभाको निर्वाचनको तथ्यलाई लिएर सो पार्टीका महासचिव शंकर पोखरेलले अझै जनतालाई बेवकुफ बनाउन छाडेका छैनन् । बुधबार राति पोखरेलले सामाजिक सञ्जालमार्फत विष वमन मात्र गरेनन्, आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ भनेर दाबी पनि गरे । उनले कांग्रेसका उम्मेदवारले कम मत पाएको भन्दै प्रचण्ड र माधव नेपालको उछितो काढेका छन् ।
उनले लेखेका छन्, ‘पाँचदलीय गठवन्धनको मोर्चावन्दीका बीचबाट प्रदेश १मा एमालेका एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना बराबरी मत आएर गोलावाट पराजित भएका छन् ।
निर्वाचनपछि पनि राष्ट्रिय सभामा एमाले पहिलो दलको हैसियतमा कायम छ । अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधारसमेत यस निर्वाचनले संकेत गरेको छ ।’
तर पोखरेलले के बुझेनन् भने अहिले जनप्रतिनिधिले भोट हालेका हुन् । आगामी निर्वाचनमा जनताले भोट हाल्ने हो । पहिलेको निर्वाचबाट आएका जनप्रतिनिधिले भोट हालेकाले एमालेको धेरै मतभार देखिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।