आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री मोदीले भने - विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

प्रधानमन्त्री मोदीले भने - विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

  • मिडिया डबली
  • सोमवार, माघ १० २०७८

  • 4.6K
    SHARES

  • प्रधानमन्त्री मोदीले भने - विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

    नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विश्वव्यापी छवि बिगार्ने प्रयास भइरहेको बताएका छन्। ब्रह्मा कुमारीहरूको पहलमा आयोजित आजादी के अमृत महोत्सव से स्वर्णिम भारत के ओर कार्यक्रमको उद्घान गर्दै प्रधानमन्त्री मोदीले भारतको छवि बिगार्ने प्रयासहरुलाई असफल पारिने चेतावनीसमेत दिएका छन्।

    ‘यसलाई राजनीति मात्रै हो भनी यतिबै बेवास्ता गर्न मिल्दैन, किनकी यो सिंगो भारतको प्रतिष्ठाको प्रश्न भएको प्रधानमन्त्री मोदीले बताए। प्रधानमन्त्री मोदीले ब्रह्मा कुमारी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले भारत विरोधी प्रचारको प्रतिकार गर्न भूमिका खेलिरहेको भन्दै प्रशंसासमेत गरेका छन्। ब्रहमकुकारीले यो सुनिश्चित गर्नुपर्दछ कि विभिन्न देशहरूमा मानिसहरूलाई सही जानकारी प्रदान गरिएको छ। भारत विरुद्ध फैलिएको अफवाहविरुद्ध लड्नु हामी सबैको दायित्व हो,” मोदीले भने।

    यद्यपि उनले कुनै विशेष घटनालाई निर्दिष्ट वा संकेत गरेनन्, तर प्रधानमन्त्री मोदीले गत वर्ष अक्टोबर १२ मा यस्तै सन्देश पठाएका थिए। उनले राष्ट्रिय मानव अधिकार आयोग को २८ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले मानवअधिकार सम्बन्धी मुद्दाहरू उठाउँदा मानिसहरूलाई विकल्प प्रस्तुत गर्ने नभइ उल्लंघनका विषयमा शून्य सहनहीलताको नीति अवलम्बन गर्न आग्रह गरेका थिए। 

    यसैबीच मोदीले ब्रह्मा कुमारीहरूलाई उनीहरूको आजादी का अमृत महोत्सव से स्वर्णिम भारत की ओर पहलको पनि प्रशंसा गरे। यस अवसरमा उनले मेरो भारत स्वस्थ भारत, आत्मनिर्भर भारत, आत्मनिर्भर किसान, महिलाः भारतको झण्डा वाहक, शान्ति बस अभियान, अन्देखा भारत साइकल र्‍याली, युनाइटेड इन्डिया मोटर बाइक अभियान, र स्वच्छ भारत अभियान अन्तर्गत हरित पहलका योजनाहरूको सुरुवात भएको पनि जानकारी गराएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend