पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । जसमा एक पाकिस्तानी व्यक्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारसँग मद्दत मागेको देखिन्छ ।
रिपोर्टका अनुसार भिडियो पाकिस्तान प्रशासित कश्मीर क्षेत्रको हो। भिडियोमा देखिएका व्यक्तिको पहिचान मलिक वासिमको रूपमा गरिएको छ ।
भिडियोमा ती व्यक्तिले यहाँ रहेको सम्पति भारत र सिखहरुको हो भनी खुलासा गरेका छन् । सोही क्रममा पाकिस्तानी प्रहरीले आफूलाई यातना दिएको र बालबालिकासहित सम्पूर्ण परिवारलाई घरबाट जबरजस्ती निकाली सिल गरेको उनको भनाइ छ ।
ती व्यक्ति भन्छन्, 'हाम्रो घर यहाँको प्रहरीले सिल गरेको छ। म मुजफ्फराबादका आयुक्तलाई घर हामीलाई हस्तान्तरण गर्न आग्रह गर्दछु। तपाईंले मेरा बच्चाहरूलाई सडकमा देख्न सक्नुहुन्छ। मलाई केही भयो भने त्यसको जिम्मेवारी आयुक्त र तहसीलदारको हुनेछ । उनीहरु चाहन्छन् कि म मेरो घर खोलोस्, नत्र भारत सरकारको सहयोग लिन बाध्य छु । म प्रधानमन्त्री मोदीलाई पाठ सिकाउन आग्रह गर्दछु।'
भारतले आतंकवादलाई लिएर बारम्बार पाकिस्तानको पोल खोलिरहेको छ । मंगलबार पनि भारतले संयुक्त राष्ट्रसंघमा पाकिस्तानलाई लिएर घेरेको छ । भारतले सन् १९९३ को मुम्बई विष्फोटका दोषी अझै पनि पाकिस्तानमा पाँच तारे आतिथ्यताको आनन्द लिइरहेको बताएको छ ।
पाकिस्तानमा लुकेर बसेको दाउद इब्राहिमको बारेमा भारतले यस्तो भनेको हुन सक्ने आँकलन गरिएको छ । मोदी भारतमा मात्रै होइन पाकिस्तानमा पनि मनपर्ने प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री मोदीले पनि पाकिस्तानलाई सर्जिकल स्ट्राइक र एयर स्ट्राइक गरेर यो नयाँ भारत हो भनी कडा जवाफ दिएका छन् । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।