आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

प्रेम आलेपछि एमालेविरुद्ध ‘फायर’ खोल्दै मन्त्री किसान श्रेष्ठ, योगेशको राजनीतिक भविष्य सिध्याइदिने

प्रेम आलेपछि एमालेविरुद्ध ‘फायर’ खोल्दै मन्त्री किसान श्रेष्ठ, योगेशको राजनीतिक भविष्य सिध्याइदिने

  • मिडिया डबली
  • आइतवार, माघ २ २०७८

  • 23.3K
    SHARES

  • प्रेम आलेपछि एमालेविरुद्ध ‘फायर’ खोल्दै मन्त्री किसान श्रेष्ठ, योगेशको राजनीतिक भविष्य सिध्याइदिने

    काठमाडौं - एमाले विभाजन हुँदा केपी ओलीलाई साथ दिने योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आले लागेका छन् ।

    १५ महिना पर्यटनमन्त्री बन्दा भट्टराईले गरेका एक एक कर्तुतको पोल मन्त्री आलेले मिडियामा खोलिसकेका छन् । यसले आगामी चुनावमा भट्टराईलाई हराउन महत्वपूर्ण भूमिका खेल्ने आलेको अनुमान छ ।

    सोही कारण हालै प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा आलेले भट्टराईले राज्यलाई पारेको व्ययभार र तत्कालीन एमाले नेताहरूको भ्रष्टाचारको पोल एकएक गरेर खोलेका थिए । प्रेम आले अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन् ।

    सोही पार्टीमा रहेका अर्का नेता एवं श्रममन्त्री किसान श्रेष्ठ पनि केही दिनपछि तत्कालीन एमाले नेतृत्व र सो पार्टीबाट मन्त्री बनेकाको आर्थिक अनियमितताको पोल खोल्ने तयारी लागेको स्रोतले बतायो । एमालेमा रहँदा श्रेष्ठ सांसद अपहरण काण्डमा मुछिएका थिए ।

    श्रेष्ठ, महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल मिलेर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएर होटलमा राखिएको थियो ।

    तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा यादवलाई काठमाडौं ल्याइएको र पार्टी प्रवेश गराउने तयारी भएको समाचार आएको थियो । सांसद अपहरण काण्ड निकै चर्चित भयो ।

    यही काण्डपछि तत्काल संघीय समाजवादी र राजपाबीच एकता भएर जसपा गठन भएको थियो । अहिलेसम्म सांसद श्रेष्ठले सांसद यादवलाई किन र कसको निर्देशनमा काठमाडौं ल्याइएको हो भन्ने बाहिर खोलेका छैनन् ।

    उनले चुनावताका सांसद अपहरणकाण्डबारे बोल्ने भएका छन् । यदि उनले तत्कालीन एमाले नेतृत्वले नै यादवलाई काठमाडौं ल्याउन निर्देशन दिएको खोलेमा केपी ओलीको मात्र होइन, महेश बस्नेत, सर्वेन्द्र खनालको भविष्य पनि दाउमा लाग्ने छ ।

    जसरी अहिले प्रेम आलेले योगेश भट्टराईका कर्मकाण्ड बाहिर ल्याएका छन्, श्रेष्ठले पनि त्यही अनुशरण गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend