आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले महासचिव पोखरेलले वीरगन्ज पुगेर देखाए आफ्नो असली चेहरा, मधेसी नेताहरूमा सन्नाटा !

एमाले महासचिव पोखरेलले वीरगन्ज पुगेर देखाए आफ्नो असली चेहरा, मधेसी नेताहरूमा सन्नाटा !

  • मिडिया डबली
  • बुधवार, पौष २८ २०७८

  • 6.1K
    SHARES

  • एमाले महासचिव पोखरेलले वीरगन्ज पुगेर देखाए आफ्नो असली चेहरा, मधेसी नेताहरूमा सन्नाटा !

    काठमाडौं-  कम्युनिस्टको चरित्र नै अरुलाई उपयोग गर्ने र पछि फाल्ने हुन्छ भन्ने तथ्यलाई फेरि एकपटक एमाले महासचिव शंकर पोखरेलले पुष्टि गरेका छन् ।

    सात महिनाअघिसम्म एमाले नेताहरू मधेसी नेताविरुद्ध चुँसम्म बोल्दैनथे । किनकि सरकार एमालेको थियो । केपी ओली प्रधानमन्त्री थिए । त्यसैले मधेसी नेताको बुई चढेर ओली मधेस पस्न चाहन्थे ।

    मधेसी नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले ओलीको त्यो सपना पनि पूरा गरिदिए । अहिले ओलीलाई मधेस पस्न कुनै समस्या छैन । त्यही भएर अब एमाले नेताहरू मधेसी नेताविरुद्ध बोल्न थालेका छन् ।

    एमाले महासचिव शंकर पोखरेलले मंगलबार वीरगन्ज पुगेर आफ्नो असली चेहरा सार्वजनिक गरेका छन् । एमाले पर्सा जिल्लाको आठौं आधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी नेताहरू मन्त्री बन्नकै लागि पूर्वप्रधाममन्त्री ओलीको शरणमा विगतमा जान बाध्य भएको आरोप लगाए ।

    उनले ओलीलाई मधेसविरोधी नेता बताउने तथा जनताको मनमा वितृष्णा उत्पन्न गर्ने मधेसी नेताहरू मन्त्री बन्न ओलीको शरणमा पुगेको चर्चा गर्दै अगामी दिनमा पनि एमालेमा एकताको लहर ल्याउनुपर्ने आवश्यक रहको बताए।

    उनले पुस मसान्तभित्र एमालेमा अन्य पार्टीबाट स्वागत गर्न सकिने नेता कार्यकर्ताहरुलाई योजना बनाएर माघ र फागुन मसान्तसम्म पार्टीभित्र नेता कार्यकर्ता भित्र्याउने अभियान नै चलाउनु पर्ने केन्द्रीय तप्काका नेताहरुको निर्देशन रहेको उनले सुझाए।

    त्यसका लागि ओलीकै निर्देशनअनुसार मधेस केन्द्रित दलका नेता कार्यकर्ता एमाले भित्र्याउने योजना पनि रहेको सुनाए । शंकर पोखरेलकै दाबीलाई सत्य मान्ने हो भने महन्थ र राजेन्द्र के प्रयोजनका लागि कांग्रेसलाई लात हानेर ओलीको शरणमा पुगेका रहेछन् भन्ने पुष्टि हुन्छ ।

    तर अहिलेसम्म पोखरेलको आरोपबारे मधेसी दलका नेताहरूले केही खण्डन गरेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend