आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराईलाई गृहजिल्लामै ठुलो धक्का, थेबेले मारे बाजी !

योगेश भट्टराईलाई गृहजिल्लामै ठुलो धक्का, थेबेले मारे बाजी !

  • मिडिया डबली
  • मंगलवार, पौष २७ २०७८

  • 8.1K
    SHARES

  • योगेश भट्टराईलाई गृहजिल्लामै ठुलो धक्का, थेबेले मारे बाजी !

    ताप्लेजुङ - नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको निर्वाचनबाट अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

    एमाले केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा निवर्तमान जिल्ला कमिटीका अध्यक्ष साम्सोहाङलाई भट्टराईको समर्थन रहेको थियो। भट्टराईलाई आफ्नै गृहजिल्लामा ठुलो धक्का लागेको छ । थेबेलाई पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो लगायतका नेताको समर्थन थियो ।

    प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट जितेका छन् । साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमु निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित थेबे संविधासभाका सदस्य हुन् ।

    गत वर्ष नेकपा विभाजनपछि अध्यक्ष बलवहादुर साम्सोहाङ प्रचण्ड–माधव समूहमा उभिएपछि थेबेलाई केपी ओली पक्षले अध्यक्ष बनाएको थियो ।

    पछिल्लो पटक १० बुँदे सहमतिपछि बलवहादुरलाई संयोजक र थेबेलाई सहसंयोजक बनाएर जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।

    विगतमा माधव नेपाल पक्षको एकल वर्चश्व रहेको ताप्लेजुङमा तत्कालीन नेकपाको अन्तरविरोध उत्कर्षमा पुगेका बेला तिलकुमार मेन्याङ्बो,पासाङ शेर्पा,टंक आङ्बोहाङ, डम्बर तुम्बाहम्फे लगायतका नेताहरुले केपी ओली पक्षलाई साथ दिएपछि १० बुँदेबाट एमालेमा बसेको समूह कमजोर बनेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend