इलाम - इलाममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । शनिबार मात्र माङसेबुङमा ४० घर परिवारका दुईसय जना कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई सभापति डम्बर खड्काले खादा ओडाएर स्वागत गरेका छन् । क्षेत्र न २ अन्तर्गत माङसेबुङको वडा नं ५ का दुईसय जनाले कांग्रेस रोजेका हुन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रतिनिधि सभामा विजयी भएको उक्त क्षेत्रका एमाले, माओवादी केन्द्र र जनमुक्ति पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
माङसेबुङ ५ का सभापति दुधबहादुर लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य चन्द्रमाया लिम्बु, क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गो, प्रदेश सभापति खगेन्द्र लिम्बूु जिल्ला सदस्यहरु सकुन्तला राई, डम्बर लोरिन्देन, नन्दकिशोर कुमार राई, क्षेत्रीय सदस्य सन्तोष गोले तामाङ, महाधिवेशन प्रतिनिधि जुनु माखिम, कांग्रेस माङसेबुङ सभापति चन्द्र साँवा, उपसभापति यलम्बर साँवालगायतको उपस्थिति थियो ।
किराँत धर्म गुरुको पवित्र स्थल रहेको माङसेबुङ ५ को भालुटारमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस सभापति डम्बर बहादुर खड्काले सभामुख समेत भएका एमाले नेता सुवासचन्द्र नेम्वाङले जनतालाई सँधै ढाँटेको आरोप लगाए ।
उनले कांग्रेसबाट मात्र प्रजातान्त्र र बिकास सम्भव रहेकोले सबैलाई कांग्रेसमा आउन आग्रह गरे । महागुरु फाल्गुनन्दको तपोभुमि तथा किराँत धर्म गुरुको पवित्र स्थल लारुम्बाको बिकास र संरक्षणमा आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने बताए । यसअघि इलाम नगरपालिका र माइजोगमाइ नगरपालिकामा पनि पाँचसय जना कांग्रेस प्रवेश गरेका थिए ।
सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश
कम्युनिस्टको लालकिल्ला भनेर चिनिने इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को, डम्बर खड्काले गरे भब्य स्वागत




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।