इलाम - कम्युनिस्टको लालकिल्ला मानिने इलामको माइजोगमाइ-५ सोयाङका ६० घर परिवारका २५० जनाले नेकपा एमाले तथा माओवादी पार्टि परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।
मनमोहन अधिकारिले सङ्गठन गरेको यसै किल्लालाई कांग्रेसका पाटि सभापति डम्बर खड्काले भत्काइदिएका छन् । समाजसेबी भनेर चिनिने खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र समेत रहेको माइजोगमाइ गाँउपालिका-५ बाट कांग्रेसमा प्रवेश गर्नेमा एमालेका सक्रिय कार्यकर्ता धेरै छन् ।
कांग्रेस प्रवेश गर्नेहरुमा एमालेको संगठित सदस्यहरु मोहन लिम्बु, चित्र बहादुर कठेत, पदम बहादुर राई, गोबिन्द बहादुर बस्नेत, अनुजा गौतम, नरबहादुर गौतम ,भेषराज भण्डारी लगायत साधारण सदस्हरु दिपेन भण्डारी, शिव भण्डारी, भानुभक्त सुवेदी, गेल प्रसाद न्यौपाने, कमल बहादुर बस्नेत, मोहन प्रसाद दंगाललगायत रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका संगठीत सदस्य खेम श्रेष्ठ, पुर्ण नेपाल, शेर नेपाल, इन्द्र बहादुर नेपाल, भोग बहादुर नेपाल, छिरिङ तामाङ, तेन्जी तामाङ, पासाङ दावा तामाङ, रोहिल गुरुङलगायत एमालेका साधारण सदस्यहरु दिपेन कुमार लिम्बु, टिका सुन्दास ,प्रेम सुन्दास, देउ बहादुर तिवारी, रबिन खडका, भीम बहादुर बस्नेत तीर्थराज सुवेदी ,खगेन्द्र लिम्बु, रोहित लिम्बु, बिमल लिम्बु, भुवन लिम्बु, दिनेश लिम्बु, लिला प्र लिम्बु लगायत रहेको धनहाङ लिम्बुले जानकारी दिए ।
माइजागमाई गाउँपालिका वडा नं ५ का सभापति नरेन्द्र खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य श्याम खडगी पूर्वसभापति बेद चापागाई महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सुवेदी, जीवन नेपाली, पूर्वजिल्ला सचिव हुकुम थेवे, प्रदेश सचिव कुसुम दाहाल प्रदेश सदस्य प्रेम गौतम, गाउँपालिका सभापति नरेन्द्र देवानलगायतका सदस्यहरु सहभागि थिए ।
कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी भानुभक्त सुवेदीले कम्युनिष्ट पार्टीमा लामो समय सम्म काम गर्दा जनतालाई ढाँटने मात्र काम गरेको साथै विकास निमार्ण र रोजगारी दिने कुरा चुनाव ताका आश्वासन दिएर विर्सने गरेको आरोप लगाए ।





यो पनि पढ्नुहोस
सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।