इलाम - इलामको इलाम नगरपालिका–८ का ५५ घर परिवारका २५० जनाले नेकपा एमालेका परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका छन् ।
कांग्रेस इलाम सभापति डम्बर खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
एमाले उपाध्यक्ष सुवास नम्वाङ्ग क्षेत्र समेत रहेको इलाम नगरपालिकामा कांग्रेस प्रवेश गर्नेमा भक्त राय, बासु सापकोटा ,श्रीप्रसाद थेबे, नरेश राई , मित्र घिमिरे, हरिकृष्ण भट्टराई , दिल कुमार महत, अर्जुन देवान, प्रेम बहादुर राउत, गायत्री भट्टराई ,सुशील कार्की, वसन्त अधिकारी, बिष्णु प्रसाद भट्टराईलगायत लामो समयसम्म एमालेमा सकृय रुपमा काम गरेका संगठीत सदस्यहरु रहेको सभापति खड्काले जानकारी दिए ।
इलाम नगरपालिका वडा नं ८ का सभापति दलमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापतिहरु खगेन्द्र देवान, बिष्णु दाहाल, जिल्ला सहसचिव देवेन्द्र सुवेदी नगर सभापति तीर्थ गुरुङ महाधिवेशन प्रतिनिधि केदार थापालगायत नेपाली कांग्रेसका जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।
इलाम नगरपालिका एमाले उपाध्यक्ष सुवास नेम्वाङ्गले प्रतिनिधि सभा जितेको क्षेत्र भित्र पर्छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।