काठमाडौं - शहरी विकासमन्त्री रामकुमारी झाक्री आश गरिएकी मन्त्री हुन् । उनले विगतमा गरेको कामबाट युवाहरू खुसी छन् । मन्त्री बनेपछि झाक्रीले सबै आदर्श र अभिव्यक्तिहरूलाई भत्काएकी छिन् ।
मन्त्री भएर मन्त्रीको पदीय दायित्वमा बस्नुपर्ने भनेर झाक्रीलाई सुझावहरू आउने गरेका छन् । झाक्रीमा सुधारका संकेत देखिएका छैनन् भनेर टिकाटिप्पणी हुने गरेका छन् ।
मन्त्री बनेपछि झाक्रीमा पलाएको महत्वकांक्षाले आलोचित बनेकी छिन् । झाक्रीले बेलाबेला राम्रो काम गर्ने प्रयास पनि गर्ने गरेकी छिन् । उनलाई आफ्नै कर्मचारी र आसोपासेहरूले विभिन्न बहानामा अबरोध गरिरहेका छन् ।
गृहजिल्ला गुल्मीमा ५ जना प्रहरीका अगाडि पिर्के सलामी लिएपछि मन्त्री झाक्री आलोचित बनेकी छिन् । गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट पिर्के सलामी लिएकी थिइन् ।
त्यसपछि सामाजिक सञ्जालमा झाक्रीको आलोचना भएको छ । सन् २०१९ को जुलाइ ५ मा झाक्रीले आफ्नै ट्वीटर ह्याण्डलमा ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी’ भनेर एउटा तस्वीर सार्वजनिक गरेकी छिन् ।
सलामीको विरोध गर्ने झाक्रीले आफू मन्त्री बनेपछि पिर्के सलामी किन लिइन् भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।