काठमाडौं - माओवादी केन्द्रको आठौं महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल अतिथि वक्ताका रूपमा थिए ।
उनलाई अध्यक्ष केपी ओलीले पार्टी प्रतिनिधिका रूपमा पठाएका थिए । कुनै पनि पार्टीको महाधिवेशनमा वक्ताका रूपमा पोखरेलले सम्बोधन गरेको यो नै पहिलोपटक थियो ।
महाधिवेशनको मञ्चमा पोखरेललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लहरमै राखिएको थियो । पार्टी विभाजनपछि नेपाल र पोखरेल सँगै देखभेट भएको यो पहिलोपटक थियो ।
महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले नेकपाको एकता बचाउन नसकेकोमा खेद प्रकट गर्दै आत्मालोचना गरे । यो विषय अहिले एमालेको ओली गुटमा सनसनी मच्चिएको छ ।
माओवादी केन्द्रको महाधिवेशनमा गएर पोखरेलले आत्मालोचना गरेर पार्टीको साख गिराएको भन्दै उनको आलोचना गर्न थालिएको हो । शंकरको यो अभिव्यक्तिलाई लिएर अहिले भन्न थालिएको छ– ‘पार्टी महासचिव बनाउँदा त्यसैले अलि परिपक्व नेतालाई बनाउनुपर्ने रहेछ ।’
धेरैले पोखरेलको यो अभिव्यक्ति योजनाबद्ध रूपमा आएको, आगामी निर्वाचनअघि माओवादीसँग फेरि एकपटक वाम एकताको पासा फ्याँक्न सजिलो हुने भन्ने ढंगले आएको विश्लेषण गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।