आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा १० भाइलाई अझ पेल्न छाडेनन् ओलीले, योगेशको पद चैट

एमालेमा १० भाइलाई अझ पेल्न छाडेनन् ओलीले, योगेशको पद चैट

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 8.2K
    SHARES

  • एमालेमा १० भाइलाई अझ पेल्न छाडेनन् ओलीले, योगेशको पद चैट

    काठमाडौं - नेपाली कांग्रेसको कार्यसमितिमा अधिकांश युवाहरूले प्रभत्व जमाउने अवस्था देखिँदै गर्दा प्रमुख प्रतिपक्ष दल एमालेमा भने युवाहरू पेलानमा पर्न थालेका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले आफ्नो विरोध गर्ने नेताहरूको छानीछानी भविष्य चौपट बनाइरहेका छन् । आफ्नो विश्वासपात्रलाई पदाधिकारीमै स्थान दिएका छन् भने असहमत राख्नेलाई पदाधिकारीमा समेटे पनि तल्लो वरीयतामा राख्दै पहिलेदेखि दिँदै आएको जिम्मेवारीसमेत खोसेका छन् ।

    एमालेमा ओली र माधव नेपालबीच संघर्ष बढेका बेला १० भाइले नेपाललाई साथ दिएका थिए । पछि नेपालले अर्कै पार्टी खोलेपछि १० भाइ एमालेमै बसे ।

    अहिले ती १० भाइको अवस्था कागती निचोरेको झैं बन्न पुगेको छ । उपाध्यक्षमा माओवादीबाट आएका रामबहादुर थापा बादललाई वरीयतामा अगाडि राख्नु, सचिवको पहिलो र दोस्रो नम्बरमा पनि माओवादीकै नेतालाई अगाडि राखेर ओलीले एमालेका युवा नेतामाथि डोजर लगाउन छाडेका छैनन् ।

    एमालेमा सबैभन्दा भर पर्दा नेता योगेश भट्टराई र गोकर्ण विष्टलाई मानिन्थ्यो । योगेशलाई प्रचार विभागको प्रमुखसमेत बनाइएको थियो । उनले प्रचार विभागमा बसेर राम्रै काम गर्दै आएका थिए । तर, ओलीले दशौं महाधिवेशनपछि योगेशलाई प्रचार विभागबाट हटाएर पृथ्वी सुब्बा गुरुङलाई प्रमुख बनाएका छन् ।

    गुरुङ उपमहासचिव भएकाले योगेशले विरोध नगरुन् भनेर ओलीले यस्तो रणनीति अपनाएका हुन् । योगेश अखिलको अध्यक्ष भइसक्दा कांग्रेसका गगन थापा भर्खर भर्खर नेविसंघको राजनीतिमा थिए । त्यति चर्चित भइसकेका थिएनन् । तर, अहिले गगन कांग्रेसको महामन्त्री निर्वाचित भइसकेका छन् ।

    अर्को महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गर्ने निश्चित छ । तर, योगेशको भने एमालेको ११औं महाधिवेशनमा दाबी गर्ने भनेको उपमहासचिव मात्रै हो । महासचिवमा ओलीले आउन नदिने गरी सेटिङ मिलाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend