काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई मतदान गर्न अपिल गरेका छन् ।
मंगलबार बिहान सभापति देउवासँग आफ्नो निवासमा भेटवार्ता भएपछि निधिले निःसर्त समर्थन गर्ने बताएका थिए । प्रधानमन्त्री देउवा आफूलाई भेटेर फर्किएलगत्तै निधिले अपिल जारी गरी आफूलाई मत दिने सबै महाधिवेशन प्रतिनिधिलाई देउवालाई मतदान गर्न अपिल गरेका हुन् ।
देउवा र निधि पहिलेदेखि नै एउटै समूहमा थिए । पछिल्लो समय दुवै नेताबीच सम्बन्ध बिग्रेको थियो । त्यसैले निधिले सभापतिमा उम्मेदवारी दिएका थिए । निधिको यो अपिलसँगै देउवाको सभापतिमा जित सुनिश्चित बन्दै गएको छ ।
यसअघि नै देउवा र नेता प्रकाशमान सिंहबीच सहमति भएको थियो । सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो चरणको मतदानमा जाने निर्णय गरेसँगै साढे ३ बजेदेखि मतदान सुरु हुने भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।