काठमाडौं – केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने लाग्दा अर्का अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको शरणमा पुगेका छन् ।
केन्द्रमा ओली र ठाकुरबीच सहमति भएपछि २ नम्बर प्रदेश सरकारमा उथलपुथल हुने भएपछि अध्यक्ष यादव उपसभापति निधिको शरणमा पुगेका हुन् । यादवले कांग्रेसको सहयोगमा प्रदेश सरकार जोगाइदिन हारगुहार गरेका छन् ।
अध्यक्ष यादव शुक्रबार २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर गएका छन् । जनकपुर जानुअघि अध्यक्ष यादवले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् । भेटमा यादवले निधिलाई २ नम्बर प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउन आग्रह गरेका छन् ।
२ नम्बर प्रदेशमा जसपाको एकलौटी सरकार भएपनि पार्टीभित्र विवाद र विभाजनको अवस्था आएका बेला यादवले कांग्रेसलाई विकल्पको रूपमा प्रयोग गर्न खोजेका छन् । शरणमा पुगेका यादवलाई उपसभापति निधिले २ नम्बर प्रदेशमा लगातार ३ वर्ष जसपा नेतृत्वमा सरकार रहेकाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।
उसभापति निधिले २ नम्बर प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने सुझाव दिए । यतिबेला जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।