काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू डा. शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच १४औं महाधिवेशनको मिति हेरफेरपछि पहिलोपटक भेटवार्ता भएको छ ।
नेतात्रयबीच ७ वटा विषयमा पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गर्ने, जिल्ला सभापतिहरूलाई जानकारी गराउने र अनौपचारिक छलफल जारी राख्ने लगायत सहमति जुटेको छ ।
आगामी महाधिवेशनमा सभापति पदका प्रत्यासी मानिएका नेतात्रयबीच कोरोना संक्रमण व्यवस्थापन, सिन्धुपाल्चोक लगायतका बाढीले पुर्याएको क्षति र त्यसबाट जनजीवन समान्यीकरण गर्ने, पार्टीको १४औं महाधिवेशन, आगामी निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित गर्न गर्नुपर्ने काम र विपक्षी गठबन्धनका तर्फबाट प्रस्ताव गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको जनाइएको छ ।
नेतात्रयबीच भएको सहमतिबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहितलाई जानकारी गराउने, यी विषयमा जिल्ला सभापतिहरूलाई पनि जानकारी गराउने र ३ नेताबीच निरन्तर छलफल अगाडि बढाउने सहमति समेत भएको छ ।
सभापति शेरबहादुर देउवाले सभापति पदमा लड्न आन्तरिक छलफल गरिरहेका बेला ३ नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि देउवा र निधिबीच भएको भेटमा देउवाले आफू नै लड्ने अडान लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।