काठमाडौँ- भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकोप्टरमा रावत पत्नीसहित १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ ।
हालसम्म ११ जनाको शव बरामद गरिएको समाचारमा उल्लेख छ । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ख
राब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ । दुघर्टनाबारे विस्तृत अध्ययन गर्न भारतीय वायु सेनाले जाँचको आदेश दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।