आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

शेखर सभापतिको उम्मेदवार, प्रकाशमानलाई प्रधानमन्त्री

शेखर सभापतिको उम्मेदवार, प्रकाशमानलाई प्रधानमन्त्री

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 17.7K
    SHARES

  • शेखर सभापतिको उम्मेदवार, प्रकाशमानलाई प्रधानमन्त्री

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ । नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले कांग्रेसको यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

    वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने घोषणा गरिसकेका छन् । उनले बुधबार बिहान बालुवाटारमा संस्थपन पक्षका नेताहरूको भेला बोलाएका छन् ।

    उता, संस्थापन इतर समूहले पनि आज साँझसम्म सभापतिको साझा उम्मेदवार बनाउने तयारी गरेको छ । मंगलबार चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा भएको पाँच घन्टा लामो छलफलले सभापतिका चार उम्मेदवारबाट दुईमा झार्न सफल भएको थियो ।

    सभापतिको दाबी गर्दै आएका महामन्त्री डा.शशांक कोइरालाले आफूले नेता रामचन्द्र पौडेलका लागि सभापतिबाट ब्याक भएको घोषणा गरे । सँगसँगै उनले सर्त राखे– प्रकाशमान सिंह र डा.शेखर कोइराला मिलेर आए पौडेलले पनि छाडिदिनुपर्छ ।

    शशांकको यो रणनीति फेरि पनि नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारमै लैजाने तयारी भएको विश्लेषण गरिएको छ । अब इतर समूहमा रामचन्द्र पौडेलभन्दा पनि सभापतिको उम्मेदवारका रूपमा शेखरको सम्भावना धेरै भएको बताइन्छ ।

    किनभने शेखरलाई सभापतिको उम्मेदवार बनाउने र प्रकाशमान सिंहलाई प्रधानमन्त्री बनाउने आन्तरिक सहमति धेरै पहिले भएको हो । यसबारे मंगलबारको चाक्सीबारी बैठकमा पनि छलफल भएको थियो ।

    आज बस्ने इतर समूहको बैठकमा त्यो गृहकार्यलाई पूर्णता दिइने कांग्रेसका एक युवा नेताले बताए । अहिले आएका कांग्रेस महाधिवेशन प्रतिनिधिमा अधिकांका पौडेल–कोइराला भनेर आएका छन् ।

    प्रकाशमान समर्थित बाहिरी जिल्लाबाट त्यति आएका छैनन् । त्यसैले यसपटक रामचन्द्र राष्ट्रपति, प्रकाशमान प्रधानमन्त्री र शेखरलाई कांग्रेस सभापतिको उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको बुझिएको छ । यो ढंगले सहमति गर्दै प्यानल खडा गरे सभापति देउवा पक्ष निकै अप्ठेरोमा पर्ने नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ३ २०७७०६:३५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend