काठमाडौं – नेपाली कांग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन् ।
‘के महाराजा बन्न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको ?’ आक्रोशित मुद्रामा डा. कोइरालाले प्रश्न गरे ।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताएका छन् । कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको बताए ।
सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफूहरूले संवैधानिक इजलासमा बस्ने न्यायाधीशलाई दबाब अथवा आग्रह नगरेको बताए ।
‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।