काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला भारतको नयाँ दिल्ली पुगेका छन् ।
दाजु निरञ्जन कोइरालालाई कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको सुनेपछि शेखर बुधबार पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट दिल्ली पुगेका हुन् ।
निरञ्जनको दिल्लीस्थित म्याक्स हस्पिटलमा आइसियूमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको डा.शेखर कोइरालाको सचिवालयले बताएको छ । निरञ्जन शेखरका एक मात्रै दाजु हुन् ।
पञ्चायती शासनमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय निरञ्जन नेपालका सफल पर्यटनविद्समेत हुन् । उनी दिल्लीको प्रतिष्ठित व्यवसायीसमेत हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।