काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला गाउँगाउँमा पुगेर कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका छन् ।
देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीलाई बलियो बनाउने गरी कार्यक्रम गरिरहेका डा. कोइराला शुक्रबार मोरङको सुन्दरहरैंचा सलकपुर पुगेका हुन् ।
सुन्दरहरैंचामा आयोजित कार्यक्रममा डा. कोइरालाले राप्रपा पूर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रकाश उप्रेती र नेपाल प्रहरीका पूर्व एसपी नरेन्द्र उप्रेतीलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
कार्यक्रममा राप्रपा, पूर्व एमाले र पूर्व माओवादीबाट करीब २३३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
डा. कोइरालालाई कांग्रेसभित्र भावी नेतृत्वको रूपमा हेर्ने गरिएको छ । कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भ्रष्टाचार, अनियमितता र बेथितिबारे खुलेरै विरोध गर्ने गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।