काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोज्दा रौतहटमा तनाव भएको छ।
देउवा समूहका सभापति कृष्ण यादव र रौतहट ४ का निर्वाचन अधिकृत दिपक रेग्मीको मिलमतोमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र दिन अस्विकार गर्दा तनाव सिर्जना भएको हो।
नेपाली कांग्रेस रौतहटका सभापति एवं कांग्रेस प्रदेश २ को सभापति पदका उम्मेदवार कृष्णा यादवले निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिएर निर्वाचन अधिकृतले बदमासी गरिरहेको आरोप लगाए। उनले यो विवाद समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि भएको मतदानमा २ सय ५७ मत ल्याएर रामसिनेही यादव सभापतिमा निर्वाचित भएका छन् भने प्रेमशंकर यादवले २ सय ३७ मत ल्याएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।