काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ ।
चितवन र सर्लाहीमा भने स्थगित भएको छ । अधिकांश जिल्लामा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैक्रममा इलाममा कांग्रेस सभापतिका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
इलाम सभापतिका लागि युवा नेता डम्बर खड्का र भेषराज आचार्यको प्यानल बनेको छ । खड्कालाई संस्थापन सभापति शेरबहादुर देउवाका साथै प्रकाशमान सिंह पक्षको पनि दह्रो साथ रहेको छ ।
वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यले खड्कालाई साथ दिएका छन् । उनी दुई कार्यकाल सभापति भइसकेका छन् । पूर्वमन्त्री एवं कांग्रेसका पूर्व जिल्ला सभापति केशव थापाले पनि नेता खड्कालाई साथ दिएका छन् ।
अहिले खड्का, कर्माचार्य र थापा संयुक्त रूपमा नेता कार्यकर्तासँग मत माग्न हिँडेका छन् । इलामको विकास र विपदमा परेका इलामेली जनतालाई जतिबेला पनि साथ र आर्थिक सहयोग गर्दै आएकाले पनि यसपटक धेरैले युवा नेता खड्कालाई जिल्ला सभापतिमा देख्न चाहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।