काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ ।
जसअनुसार शुक्रबार इलाममा पनि जिल्ला अधिवेशन हुँदैछ । इलाम कांग्रेस सभापतिका लागि युवा नेता डम्बर खड्काले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
इलामको विकास निर्माणदेखि इलामेली जनताको दुःखसुखमा साथ दिएको, भूकम्प र कोरोना महामारीका बेला नेता खड्काले जिल्लावासीको सेवामा आफ्ना सबै सामथ्र्य खर्च गरेका थिए ।
विपद्मा आर्थिक सहयोगदेखि विकास निर्माणमा व्यक्तिगत खर्चसमेत गरेर इलामेली जनतालाई सहयोग गरेकाले जिल्लाका अधिकांश कांग्रेस नेता कार्यकर्ताले खड्कालाई सभापतिमा देख्न चाहेका छन् ।
नेता खड्काले समाजसेवाका साथै पार्टीको पुस्तान्तरणका लागि पनि आफूले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेको निर्वाचन जित्ने बताए ।
हालै सम्पन्न वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा खड्काको वर्चश्व काम देखिएको छ । उनी आफ्नो निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।