आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रकाशमानले सम्पादकहरूसँग भेटेपछि पौडेल सिधै चाक्सीबारीमा

प्रकाशमानले सम्पादकहरूसँग भेटेपछि पौडेल सिधै चाक्सीबारीमा

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 5.1K
    SHARES

  • प्रकाशमानले सम्पादकहरूसँग भेटेपछि पौडेल सिधै चाक्सीबारीमा

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब मात्र तीन साता बाँकी छ । जसअन्तर्गत आज तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।

    मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै महाधिवेशन सुनिश्चित हुनेछ । तर, अहिले सबैभन्दा पेचिलो कांग्रेसमा को सभापति बन्ने भन्ने देखिएको छ । एउटै गुटमा थुप्रै आकांक्षी हुँदा नेताहरूबीच सम्बन्धमा दरार उत्पन्न भएको छ ।

    हिजोसम्म सहमतिमै एउटै सभापतिको उम्मेदवार घोषणा गर्ने भनेको पौडेल–कोइराला गुट अहिले छिन्नभिन्न भएको छ । नेता प्रकाशमान सिंहले आफैं सभापतिमा उठ्ने घोषणा गरेपछि रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला सकसमा परेका छन् ।

    अब कसरी अघि बढ्ने भन्ने निष्कर्ष निकाल्न सकेका छैनन् । बिहीबार नेता सिंहले विभिन्न मिडियाका सम्पादकहरूलाई एक तारे होटलमा बोलाएर आफ्ना भावी रणनीतिबारे अन्तरक्रिया गरे ।

    उनले त्यहाँ पार्टी सभापतिमा आफूले उम्मेदवारी दिन खोजेको भन्दै रचनात्मक सहयोगको अपेक्षा गरे । उनले अब आफू कुनै हालतमा पनि सभापतिको दौडबाट पछि नहट्ने घोषणा गरे ।

    सिंहको यो अडान त्यहीँ उपस्थित सम्पादकहरूले पौडेललाई सुनाइदिए । त्यसपछि नेता पौडेल बिहीबार साँझ दौडदै चाक्सीबारी पुगे । आफूलाई भेट्न आएका नेता पौडेललाई सिंहले अब सभापतिको दौडबाट आफू पछि नहट्ने प्रस्ट अडान राखेको बुझिएको छ ।

    यदि नेता सिंह सभापतिमा उठेमा पौडेल कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको छ । बिहीबारदेखि कांग्रेसमा अब सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच मिलेर जाने सहमति हुन सक्ने चर्चा पनि सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १८ २०७८११:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend