काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत १४ न्यायाधीशहरूबीच फुलकोर्ट बैठक बोलाउने सहमति भएको छ ।
बुधबार बसेको न्यायाधीशहरूको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बैठक बोलाउने निर्णय गरेका हुन् ।
नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरूबीच बुधवार सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक न्यायाधीशले जनाएका छन् ।
सामूहिक छलफलमा रहेका न्यायाधीशका अनुसार बुधवार बसेको १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरूमा सहमति जुटेको छ । जसमा इजलास तोक्न गोलाप्रथा लागू गर्ने लगायतका विषय छन् ।
नयाँ सहमतिसँगै १४ न्यायाधीशहरुले मुख्य रजिस्ट्रारलाई आज बिहीवारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका बताइएको छ । रजिस्ट्रारले प्रधानन्यायाधीश जबरालाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।
न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताएका छन् ।
उनीहरूले गोलाबाट पेशी तोकेर इजलास सुरू गरे पनि प्रधानन्यायाधीश जबरासँग इजलास शेयर नगर्ने सहमति गरेका छन् ।
बुधबारको न्यायाधीशहरूको बैठकमा नियमित इजलासमा गएका न्यायाधीश सहभागी भएका थिएनन् । कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरू अब गोलाबाट पेशी तोकिएपछि इजलासमा फर्किने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।