काठमाडौं– पत्नी हत्याको मुद्दामा जेलमा रहेका शशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद साजय घटाइदिने सार्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणा बारेको नयाँ तथ्य सार्वजनिक भएको छ। कोइराला र राणा कौडा खेल्ने साथी रहेको खुलासा भएको हो।
प्रकरणले ठुलो रुप लिएपछि चोलेन्द्र र रंजनबीचको मित्रताबारे नयाँ तथ्य बाहिर आएको छ । पब्लिक न्युज एजेन्सीलाई विशेष स्रोतले दिएको जानकारी अनुसार चोलेन्द्र समशेर जबरा र रंजन कोइराला रंजन कोइरालाको घरमा बसेर चार्डबाडका समयमा र बिदाको दिन पनि कौडा खेल्ने गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएसँगै यो प्रकरणले अहिले निकै माहोल तताएको छ ।
आफ्नै श्रीमतीको हत्या मुद्धामा दोषी ठहर भएपछि सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।
नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । यो प्रकरणमा जेल चलान भएका उनी अन्तत सजाय घटाउने फैसलापछी छुटेका थिए । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।