शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images

केपी र विद्याको कदमबारे सर्वाेच्च अदालतले दिइएको ५ बुँदे आदेशमा के छ ? (पूर्णपाठ)

केपी र विद्याको कदमबारे सर्वाेच्च अदालतले दिइएको ५ बुँदे आदेशमा के छ ? (पूर्णपाठ)

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 9.1K
    SHARES

  • केपी र विद्याको कदमबारे सर्वाेच्च अदालतले दिइएको ५ बुँदे आदेशमा के छ ? (पूर्णपाठ)

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सुनुवाइ गर्दै ५ बुँदे आदेश जारी भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको ५ न्यायाधीशको संवैधानिक इजलासमा भएको पहिलो सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । अन्तरिम आदेश दिने/नदिने विषयमा भएको बहसमा सर्वोच्च अदालतले ५ बुँदे आदेश जारी गरेको पाइएको छ ।

    images

    सर्वोच्चमा दायर भएका १३ रिटमाथि सुनुवाइ गर्दै अदालतले पुस १९ गतेसम्म सबै विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ । रिटमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली लगायतलाई विपक्षी बनाइएको छ ।

    सर्वोच्चको संवैधानिक इजलासले म्याद थप नहुने गरी सरकार, राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ मागेको छ । सर्वोच्चमा भएको बहसमा अधिकांश समय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हाबी भएका छन् ।

    वरिष्ठ न्यायाधीश छाडेर कनिष्टलाई इजलास तोकिएको भनेर विवादकै बीचमा सुरू भएको विवाद अन्तिम समयमा अन्तरिम आदेश दिने विषयसम्म विवादित हुँदाहुँदै आदेश भएको छ । 

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य रहेका छन् । 

    प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्चले सबै विपक्षीलाई पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    सर्वोच्चको आदेशको पहिलो बुँदामा संसद् विघटनको प्रतिवेदन माग गरिएको छ । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कल प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाउनू,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

    सर्वोच्चले दोस्रो बुदाँमा अविश्वासको प्रस्ताव र दर्ता समय मागिएको छ । ‘प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको भनी रिट निवेदनमा उल्लेख भएको हुँदा सो सम्बन्धी निवेदन कुन मिति र समयमा दर्ता भएको हो, सो खुल्ने गरी सक्कल रजिस्टर समेतका कागजात संघीय संसदको सचिवालयबाट झिकाउनू,’ आदेशमा उल्लेख छ ।

    सर्वोच्चले जारी गरेको आदेशको तेस्रो बुदाँमा उल्लेख छ, ‘नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना वरिष्ठ अधिवक्ता र अधिवक्ता मध्येबाट अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्ने ।’

    सर्वोच्चको दिएको आदेशको चौथो बुँदामा प्रतिनिधि सभाको विवरण माग गर्ने आदेश भएको छ । ‘प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्काल अघिको प्रतिनिधिसभा सदस्यको दलको प्रतिनिधित्व खुल्ने गरी नाम र संख्यासहितको सम्पूर्ण विवरण संसद् सचिवालयबाट झिकाउनू,’ आदेशमा उल्लेख छ ।

    आदेशको अन्तिम बुँदामा निरन्तर सुनुवाइ हुने मिति तोकिएको छ । ‘मिति २०७७/९/२२ गतेदेखि निरन्तर सुनुवाइको मिति तोकी नियमानुसार पेश गर्ने,’ आदेशमा उल्लेख छ ।

    संवैधानिक इजलासमा हप्ताको २ दिन मात्र सुनुवाइ हुने कार्यविधि छ । बुधवार र शुक्रवार हुने सुनुवाइ निरन्तर भएमा पुसभित्र लाग्ने देखिन्छ । मुद्दासँग सम्बन्धित १३ वटा निवेदन भएकाले बहसका लागि धेरै कानून व्यवसायी हुने देखिएका छन् । सरकारी वकिल र अन्य कानून व्यवसायी समेत हुने भएकाले संवैधानिक इजलासमा समय लाग्ने अधिवक्ताहरू बताउँछन् ।

    court.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend